भारत, पुस, २८।
पछिल्लो समय बिश्वभर पुन कोरोना भाईरस बढ्न थालेको छ । यस्तै नेपालको नजिकको छिमेकी जिल्ला भारतमा भने कोरोनाको लहर पुन भयाबह रुपमा बढेको छ । भारतमा लगातार कोरोना संक्रमण दर बढ्दो छ । भारत सरकार तथा स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार गत २४ घण्टा मात्रै एक लाख ९४ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ४४२ जनाको मृत्यु भएको तथ्याङ्ग सार्वजनिक भएको छ ।
मंगलबार १ लाख ६९ हजार जनामा संक्रमण पुष्टि भएको थियो भने २ सय ७७ जनाको मृत्यु भएको थियो । भारतको राजधानी दिल्लीमा प्रत्येक चार व्यक्तिमध्ये एक जनामा संक्रमण पुष्टि भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्लीमा २३ जनाको मृत्यु भएको छ जुन पछिल्लो आठ महिना यताकै सबैभन्दा धेरै हो । भारतमा कोरोना संक्रमण तिब्र रुपमा बढेसँगै नेपालमा पनि त्यसको त्रास फैलिएको छ भने नेपालमा पनि कोराृना संक्रमण दर पुन दन प्रति दिन बढ्न थालेको छ ।
नेपाल सरकारले पनि कोरोना संक्रमण पुन बढ्न थालेसँगै शैक्षिक संस्थाहरु माघ १५ सम्मको लागि बन्द गरिसकेको छ । त्यस्तै काठमाण्डौँ उपत्यकाका तिन जिल्लाले पनि उपत्यकामा कोरोना संक्रमण बढ्न नदिन २५ जना भन्दा बढि भिड जम्मा नगर्न निर्देशन दिईसकेको अबस्था छ । पछिल्लो समय नेपालमा बिभिन्न राजनितिक दलको महाधिबेशन तथा जिल्ला अधिबेशनहरु भईरहेको छ यसले कोरोना संक्रमण तिब्र बढ्न थालेको सरकारको निष्कर्ष रहेको छ । नेताहरुमा समेत कोरोना संक्रमण देखिन थालेपछि भने सरकारको यसतर्फ ध्यान गएको छ ।