किम जोङको निगरानीमा हाइपरसोनिक मिसाइल परीक्षण, उत्तर कोरियाद्वारा सुरक्षा चुनौती दिएको जापानको ठहर

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  817 पटक हेरिएको

काठमाडौं, पुस २८ ।  

उत्तर कोरियाले देशको सुप्रिम लिडर किम जोङ उनको निगरानीमा हाइपरसोनिक मिसाइलको सफल परीक्षण गरिएको बताएको छ । उत्तर कोरियाको यो नया बर्ष पछिको दोस्रो मिसाईल परीक्षण हो । यस अघि पनि ध्वनिको गति भन्दा तिब्र गतिको मिसाईल परीक्षण गरीसकेको छ । उत्तर कोरियाले पछिल्लो समय जापानको सीमा क्षेत्र समुद्री तटलाई लक्षित गरी मिसाईल परीक्षण गर्दै आएको र यसले जापानलाई सुरक्षा चुनौती दिएको जापान सरकारको ठहर छ ।

सरकारी समाचार एजेन्सी केसिएनलका अनुसार मिसाइल परीक्षण मंगलबार गरिएको थियो र यो मिसाइल एक हजार किलोमिटर टाढा सही लक्ष्यमा खसेको थियो । किम जोङ उनले अंग्रेजी नयाँ वर्ष सन् २०२२ को अवसरमा गरेको भाषणपछि उत्तर कोरियाले एक हप्ताभित्र दुई वटा मिसाइल परीक्षण गरेको थियो । पछिल्लो पटक मंगलबार परीक्षण गरिएको थियो ।

दुबै मिसाइल परीक्षण गरिएको जानकारी सबैभन्दा पहिलो दक्षिण कोरिया र जापानले पत्ता लगाएका थिए । त्यसपछि मात्रै उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले मिसाइल परीक्षण गरिएको जानकारी दिएको थियो ।

यी मिसाइल उत्तर कोरिायाको जमिनबाट समुद्रतर्फ प्रहार गरिएको थियो । उत्तर कोरियाले परीक्षण गरेको हाइपर सोनिक मिसाइल ब्यालेस्टिक मिसाइलको तुलनामा राडारको नजरबाट जोगिने बताइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार