प्रदेश ३ को राजधानी धुलिखेल हुनुपर्ने विवेकशील पार्टीको प्रस्ताव

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1331 पटक हेरिएको

हेटौंडा, पुस २६ ।

बिबेकशील पार्टीको आज बसेको प्रदेश ३ को संसदीय मीटिंगबाट काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउनु पर्ने प्रस्ताव पास गर्दै ३ नम्बर प्रदेशसभा समक्ष माग पत्र दर्ता गरेको छ । उसले आज आफ्नो प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको समर्थक शोभा शाक्यले जानकारी दिएको छ ।

प्रदेश ३ को नाम ‘वागमती’मा सहमत हुँदै राजधानी भने सबै जिल्लालाई पायक पर्ने धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएको समर्थक शोभा शाक्यले बताए ।

समर्थक शोभा शाक्यको र बिराजभक्त श्रेष्ठ रहेको छ भने प्रस्तावक भने सांसद रमेश पौडेल रहेको छ । प्रदेश ३ बिबेकशिल पार्टीका तीन सांसद छन् । साझा पार्टीको यो प्रस्ताव बहुमतले स्वीकृत हुनुपर्ने हुन्छ तर प्रदेश ३ को संसदमा बिबेकशील पार्टीको ३ जना मात्र सांसद भएकोले अन्य पार्टीसंगको सहमति भएपनि पास हुने सम्भावना भने न्यून रहेको छ ।

बहुमत सदस्य रहेको नेकपाले प्रदेश ३ को नाम वागमती र राजधानी हेटौंडा राख्ने निर्णय गर्दै सबै दलको समर्थन जुटाउन प्रयास गरिरहेको छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ ।

बिबेकशील पार्टीको प्रदेश राजधानी सम्बन्धि प्रस्ताव

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार