ब्यबसायी र सरकार सँगसँगै हिडेमात्र राष्ट्रको अर्थतन्त्र सुध्रिन्छ र सरकार सफल हुन्छ: अर्थमन्त्री खतिवडा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  977 पटक हेरिएको

वीरगञ्ज, पुस २६ ।

आज वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको संघको ४४ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले व्यवसायीलाई विश्वासमा लिएर सरकार अघि बढ्न चाहेको बताएका छन । अर्थमन्त्री डा. युवराज खतिवडाले व्यवसायीलाई पक्राउ गरेर राजश्व उठ्ला र व्यवसाय सुध्रेला भन्ने पक्षमा सरकार नरहेको बताएका छन् । तर, व्यवसायको नाममा अपराध गर्नेले भने छुट नपाउने उनले बताए ।

अपराध गरेमा आफू पनि जेल जानुपर्ने बताउँदै उनले भने, ‘मैले पनि उन्मुक्ति पाउँदिनँ, अख्तियारप्राप्त अधिकारी पनि जेल गएका छन् । जघन्य अपराधमा कसैलाई छुट दिन नसकिने बिषयमा जोड दिदै सबै ब्यबसायीहरुलाई राष्ट्र प्रति उत्तरदायी भएर आफ्नो ब्यबसाय गर्न समेत सुझाब दिए । तर पारदर्शी र व्यवस्थित कारोबार बनाउँदै व्यवसायीलाई विश्वासमा लिएर अघि बढ्न चाहेको अर्थमन्त्री खतिवडाले बताए । उनले भने, ‘हामी व्यवसायीलाई थुनेर राजश्व उठ्ला, व्यवसाय सुध्रेला भन्नेमा छैनौं ।’

सरकार व्यवसायीकको मागप्रति सकारात्मक रहेको बताउँदै, ‘राजश्व चुहावट नियन्त्रण ऐनमा हिजो ५० लाखसम्मको कसुर गर्दा विगो र तीन वर्षसम्म कैद सजाय थियो । यसलाई हामीले ५० लाखसम्मको विवरण त राजश्व अनुसन्धान विभागले नै सल्टाउन सक्ने गरी कानुन बनाई अधिकार समेत हस्तान्तरण गरेका छौँ । जेल सजाय घटाएका छौं र स्वविवेकीय अधिकार हटाएका छौं, सामान्य मुद्दाहरु राजश्व अनुसन्धान विभागले नै हेर्ने अदालत जानु नपर्ने समेत व्यवस्था गरेका छौं ।’

सामान्य व्यवसायिक त्रुटीमा व्यवसायी जेल जान नपरोस् भन्ने धारणा सरकारको पनि रहेको उनले बताए । मन्त्री खतिवडाले सरकार व्यवसाय सुधार गर्नतर्फ नै उन्मुख रहेको समेत दाबी गरे ।

‘चोरी पैठारी बढी भयो, वास्तविक व्यवसायीले व्यवसाय गर्न नसक्ने वातावरण भयो भन्नुभयो, त्यही भएर भिसिटिएस लागु गर्‍यौं । त्यसमा पनि सुधार गर्नुपर्छ भन्नुभयो । हामीले त्यसलाई पनि मानेका छौं । अहिले हजारौं व्यवसायी भिसिटिएसमा आवद्ध भएका छन् । प्यानको विषयमा आत्तिनुपर्ने अवस्था छैन । अर्को वर्षबाट लागु हुने कुरा हो । सरकार एक्लै हिँडिरहेको छैन । व्यवसायीहरुले यि बिषयलाई बुझ्नुपर्छ ।’ राष्ट्रको अर्थतन्त्रको बागडोर नै व्यवसाय भएकोले सरकार जहिले पनि ब्यबसायी कै पक्षमा रहेकोले व्यवसायीहरू पनि सरकारी येन कानुनको परिधि भित्र रहेर व्यवसाय गर्न समेत अनुरोध गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार