वाशिङ्टन, पुस २६ ।
ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा ज्यान गए पछि दुई देश बिचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । सो क्रममा ईरानले बदला स्वरुप ईराक स्थित अमेरिकि सैने क्याम्पमा मिसाईल आक्रमण समेत गरेको थियो । द्ई देश बिचको तिक्तता बढ्दै गएपछि इराकी प्रधानमन्त्रीले वासिङ्टगटनलाई सेना फिर्ता गर्ने व्यवस्था सुरु गर्न प्रतिनिधिमण्डल पठाउन गरेको आग्रहलाई संयुक्त राज्य अमेरिकाले शुक्रबार अस्वीकार गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता मोर्गन ओर्टागसले भने, ‘यो समय मध्यपूर्वबाट सेना फिर्ता बोलाउने होइन । वासिङ्टनले आफ्ना सैनिक तथा कूटनीतिक अधिकारीलाई मध्यपूर्वमा कसरी आफ्ना रणनीतिक साझेदारसँग मिलेर काम गर्नेबारे सोचिरहेको छ ।’
‘अमेरिकाले अहिले सेना फिर्ता बोलाउने बिषयमा छलफल गर्दैन । तर हाम्रो आवश्यक तथा उपयुक्त बललाई मध्यपूर्वमा कसरी मिलाएर काम गर्ने बिषयमा सरसल्लाह हुनसक्छ,’ उनले भने । अमेरिकाले इराकको राजधानी बग्दादस्थित एक विमानस्थल नजिकै इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीलाई ड्रोनमार्फत गरेको आक्रमणमा एक इराकी लडाकू समूहका नेतासहित छ जनाको मृत्यु भएको थियो ।
यस बिषयलाई लिएर इरान अमेरिकाविरुद्ध थप आक्रोशित देखिएको छ भने अमेरिका तथा इरानको द्वन्द्वका कारण इराकलाई प्रभाव पर्ने भन्दै इराकी संसदले अमेरिकी सेनालाई फिर्ता पठाउने निर्णय गरिसकेको छ । तर अमेरिका इराकबाट तत्काल फर्किन मानिरहेको छैन ।
सम्बन्धित समाचार यो पनि हेर्नुहोस ।