मोना जापानद्वारा आयोजित JRF गोल्डकप फुटबल सम्पन्न, एनआरएनए चिबाले मार्यो बाजी

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  939 पटक हेरिएको

जापान, पुस २६ ।

जापानमा म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती (मोना) जापानले आयोजना गरेको 1st JRF MONA GOLD Cup सफल बनाउन हाम्रो निमन्त्रणालाई स्वीकार गरी पाल्नुहुने प्रमुख अतिथि मोना अन्तराष्ट्रिय कार्यसमिती बरिष्ठ उपाध्यक्ष ददिवल खडकाको आथित्यमा सम्पन्न भएको छ । जेष्ठ अतिथिहरु JRF जापानका अध्यक्ष सन्नी हसन ज्यु NRNA जापानका अध्यक्ष शिब प्रसाद पौडेल ज्यु मोना अन्तराष्ट्रिय कार्यसमितिका कोषाध्यक्ष महेन्द्र खडका ज्यु, मोना अन्तराष्ट्रिय कार्यसमितिका बिधान समिती सयोंजक तिलक मल्ल ज्यु मोना अन्तराष्ट्रिय कार्यसमितिका एसिया प्यासपिक संयोजक दीपक कार्की ज्यु NRNA जापानका प्रबक्ता सुभाश लामिछाने ज्यु, NJFA जापानका अध्यक्ष बसन्त गौचन ज्यु मोना जापानका सल्लाहकार ज्युहरु राम खडकाज्यु, प्रेम पुनज्यु, प्रितम राज पुनज्यु साथै बिभिन्न सस्था अध्यक्ष तथा प्रतिनिधि अतिथिहरूको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रम संयोजक सागर कार्कीले जनाउनु भएको हो ।

त्यस्तै उक्त कार्यक्रममा बिभिन्न सहयोगि कम्पनीहरु बाट पाल्नुहुने ब्यबसाइ अतिथी ज्युहरु, अथिति पत्रकार ज्युहरु, फोटोग्राफर साथै यस प्रतियोगितालाई सफल बनाउन आर्थिक नैतीक भौतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताहरु प्रतियोगितालाई सफल बनाउन अहोरात्र खटिनुहुने कार्यसमिती पदाधिकारी ज्युहरु मोना जापानका क्षेत्रिय कार्यसमिती पदाधिकारी ज्युहरु लगायत कार्यक्रम सब्यभब्य बनाउन सहभागिता जनाउनुहुने क्लबहरु तथा खेलाडीहरुको हौसला प्रदान गर्न उपस्थित हुनुहुने सम्पुर्ण दर्शकहरुमा हार्दिक आभार ब्यक्त समेत गरेका छन ।

आज सम्पन्न उक्त प्रतियोगितामा प्रथम हुन सफल टिम NRNA क्षेत्रिय समिती चिबा र दोस्रो स्थान हासिल गर्नुहुने टिम गोरखनाथ नुमाजु सिजोओकाटिमले जित हात पारेको थियो । आयोजक समितिद्वारा बिजेता दुबै टिमलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त समेत गरेका छन ।

तपॉइहरुकै कारण यस प्रतियिगिता भव्य रुपमा सम्पन्न भएको छ l प्रतियोगिता गर्दैगर्दा कुनै कमि कमजोरी हुन गएको भएमा यहाँहरु प्रती मोना जापान परिवार क्षमा याचाना गर्दै, तपॉईहरुका कुनै सल्लाह सुझाब भए हामिलाई यहॉ म्यासेज मार्फत प्रेषित गरीदिनुहुन हार्दिक अनुरोध गर्दै आर्थिक,नैतीक, भौतिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगहरु प्रती पूर्ण एकपटक मोना जापान परिवार हार्दिक आभार ब्यक्त गर्दै सम्पूर्ण सहयोगी दाताहरूलाई आयोजक समितिले धन्यवाद समेत दिएका छन ।

कार्यक्रमका झलकहरू फोटामा 

मोना जापान परिवार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार