जापान, पुस २५ ।
एनआरएनए जापानले बितेको ५ महिनाको अवधीमा सम्पन्न गरेको कार्यविवरहरु यस प्रकार छन् । यस प्रगती विवर प्रस्तुत गर्दै,आफुहरुले कार्यसम्पादनमा भोगेका जटिलताहरुलाई पनि प्रस्तुत गरेको एनआरएनएले जनाएको छ । यो बिचमा एनआरएनए जापानभित्र जर्वजस्त सिर्जना गरिएका अमुर्त स्वार्थका विषयहरुले संस्थालाई नै अपांग बनाउने हर्कतहरु भए र अझै असफल प्रयासहरु जारी छन् । आम जापानवासी नेपालीहरुको मत र मन जीत्न सफल यस कार्यसमितिले तिनै मनकारी जापानवासी नेपालीहरुको साथ र सहयोगले मात्र ४ येन बाट सुभारम्भ गरेको प्रयासबाट दश लाख येन बढि सामाजिक क्षेत्रमा सहयोग गरिसकिएको छ भने केही रकम बचत समेत गर्न सफल भएका छौं । जुझारु क्षेत्रिय कार्यसमिति, सक्रिय एनआरएनए कार्यसमिति अनि सँधै हाम्रो एनआरएनए राम्रो एनआरएनए बनाउन झकझकाई रहने तपाईंहरुको साथ र सहयोगबाट नै यो सबै सम्भव भईरहेको छ ।
निर्वाचनमा पराजित, निवर्तमान पूर्व कार्यसमितिका कतिपय जिम्मेवार पदमा रहेका व्यक्तिहरुले हस्तान्तरण गर्नुपर्ने कागजात र हिसाबकिताब अपहरणको शैलिमा आफ्नै नियन्त्रणमा राखिरहँदा जापानवासी नेपालीहरुको मतको अपमान र उहाँहरुले सदस्यता मार्फत बुझाउनु भएको रकम र सामाजिक हितको लागि संचित गरिएको रकम दूरुपयोग हुने सम्भावना बढेर गएको छ । जापानभित्र सिर्जना गरिएका विवाद र निवर्तमान कार्यसमितिबाट हस्तान्तरण गर्नुपर्ने कागजात प्राप्त नभएको असहज परिस्थितिमा सदस्यता बापतको प्राप्त सामाजिक संचित रकम असन्तुष्ट पक्षले दूरुपयोग गर्ने सम्भावना बढेर गएको आरोप लगाउदै एनआरएनए जापानले चार येनबाट सुरु कार्यावधिमा दश लाख येन बढि सामाजिक क्षेत्रमा सहयोग गरि हाल ५ लाख बढि खातामा रकम रहेको र रचनात्मक कामको सुरूवात गरिएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।
“यस अवधिमा संस्थालाई नै अपांग बनाउने हर्कतहरु गरिएको तर जापानवासी नेपालीहरुको मत र मन जीत्न सफल यस कार्यसमितिले तिनै मनकारी जापानवासी नेपालीहरुको साथ र सहयोगले गरिएका हरेक कार्य सम्पन्न गर्न सफल भएका छौं” प्रतिवेदनमा भनिएको छ । निर्वाचनमा पराजित, निवर्तमान कार्यसमितिका जिम्मेवार पदमा रहेका व्यक्तिहरुले हस्तान्तरण गर्नुपर्ने कागजात र हिसाबकिताब अपहरणको शैलीमा आफ्नै नियन्त्रणमा राखिरहँदा जापानवासी नेपालीहरुको मतको अपमान र उहाँहरुले सदस्यता मार्फत बुझाउनु भएको रकम र सामाजिक हितको लागि संचित गरिएको रकम दूरुपयोग हुने सम्भावना बढेर गएको छ ।
एनआरएनए जापानले आफ्नै हितको लागि आफ्नो परिश्रमको पैसा बुझाएर पनि आम्दानी र खर्चबारे बेखवर पारिएका जापानवासी नेपालीहरुको विगतको एनआरएनए जापानसँगको कारोबार आफूहरूले जतिसक्दो छिटो पारदर्शीरूपमा सार्वजनिक गर्ने प्रतिबद्धता समेत सोहि प्रतिवेदनमार्फ़त गरिएको छ ।
हेर्नुहोस् आर्थिक प्रगति विवरण