विभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा बिदेशी नागरिक सहित ५ जना पक्राउ(बिज्ञप्ति सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1747 पटक हेरिएको

काठमाडौं, पुस २५ ।

विदेशबाट पार्सल पठाएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा राहदानी नम्बर ए ०९०३९०७२ बाहक नाजेरियाका ४० वर्षीय CYRIL CHINONSO IBEH,राहदानी नम्बर १७एपि४१८७१ बाहक आइबेरिकोष्टका २३ वर्षीय ASSAPE ADJI PIERREJEAN, काठमाडौं खुशीबु बस्ने चितवन गुञ्जनगर-६ घर भएका ४० वर्षीय राम चन्द्र गैह्रे, काठमाडौं महानगरपालिका-२६ ठमेलका ४९ वर्षीय उमेश श्रेष्ठ र काठमाडौं बनस्थली बस्ने चितवन कालिकानगर नगरपालिका-७ घर भएका ३१ वर्षीय हरि ओझा रहेका प्रहरीले जनाएको छ ।

विभिन्न सामाजिक सञ्जालमार्फत विदेशी नागरिकहरुको नाममा फेसबुक प्रोफाइल तयार गरी नेपालका विभिन्न व्यक्तिहरुलाई सामाजिक सञ्जालमा साथी बनाई विभिन्न वहुमूल्य सामान, बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाईदिन्छु भन्दै उक्त सामानको फोटो समेत पठाई झुठो प्रलोभनमा पारी पार्सल लिएर मेरो मान्छे नेपालमा आउँदैछ र सो सामानहरु लिनु भन्ने गरेको थिए । त्यसपछि नेपालमा भएको सम्पर्क ९८०३८०४८५८ नम्बरबाट विदेशी नागरिकले फोन गरी तपाईको सामान मैले लिएर आएको थिए र एयरपोर्टमा एक्सरे मिसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनको लागि नेपाली पैसा चाहिने भयो भनेर सम्पर्क गरी नेपालमा रहेको विभिन्न व्यक्तिहरुको खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा सक्रिय रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी यस सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ । नेपालमा पछिल्लो समय बिदेशीहरूको ठगी धन्दा बढेको छ । नेपाली बैंकहरूको नक्कलि एटीएम कार्ड तयार गरी सरबर ह्याक गरी रकम झिक्ने लगायत बिभिन्न आपराधिक गतिविधिमा बिदेशी नागरिकहरुको समेत संलग्न रहेको पाईएको छ ।

केन्द्रिय अनुसन्धान ब्युरोको प्रेस बिज्ञप्ति

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार