फरार रामबहादुर बम्जन काठमाण्डौँबाट पक्राउ

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  233 पटक हेरिएको

काठमाडौं, पुस २४ । 

तपश्वीको भेषमा अनुयायीको हत्या गरेको, बेपत्ता बनाएको र बलात्कार गरेको आरोप लागेका रामबहादुर बम्जन पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंबाट पक्राउ गरेको प्रवक्ता नवराज अधिकारीले बताए । नेपाल प्रहरीको मकवानपुर, बारा र नुवाकोटस्थित जिल्ला प्रहरी कार्यालयमा ४ परिवारले आफन्त बेपत्ता भएको जाहेरी दिएपछि घटना थप पेचिलो बनेको थियो।

बम्जनमाथि सर्लाही, नुवोकाट, मकवानपुरका केही मानिसलाई वेपत्ता पारेको आरोप छ । सर्लाहीको आश्रममा बलात्कार गरेको उजुरी छ ।

सीआईबीले लामो समयदेखि बम्जनको खोजी गरिरहेको थियो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रवती–६ बाँडेगाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो त्यस क्रममा निजलाई त्यहाँ फेला पारेका थिएनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार