ट्रम्पको सम्बोधनले बिश्वमा शान्तिको आशा, तत्काललाई टर्‍यो युद्धको खतरा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1777 पटक हेरिएको

ह्वाईटहाऊस, अमेरिका पुस २३ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले केही समय अघि राष्ट्रका नाममा गरेको सम्बोधनपछि अमेरिका र इरानबीच बढेको युद्धको खतरा तत्काललाई टरेको छ।

ट्रम्पले आफ्नो सम्बोधन क्रममा इरानमाथि थप सैन्य कारबाही नगर्ने तर ईरानले हाम्रा सेना माथि पुन हमला गरेमा जबाफि कारबाहि गर्ने जनाएको छ । डोनाल्ड ट्रमको सम्बोधन पछी भने बिश्वले शान्तिको सास फेरेको छ ।’इरानले पनि यो द्वन्द्वलाई थप चर्काउन नचाहेको देखिन्छ, जुन यसमा संलग्न सबै पक्षका लागि र यो विश्वकै लागि खुसीको कुरा हो,’ उनले भने, ‘शान्ति चाहनेहरूसँग अमेरिका शान्तिकै व्यवहार गर्न तयार छ।’

गत शुक्रबार अमेरिकी ड्रोन आक्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएपछि राष्ट्रपति ट्रम्पको यो पहिलो आधिकारिक सम्बोधन हो। सम्बोधनको क्रममा इराकको मिसाइल आक्रमणमा अमेरिकी सेनामा कुनै क्षेती नपूगेको समेत देशबासिलाई सम्बोधनको क्रममा जानकारी गराएका थिए । सेनालाई भने सम्पूर्ण तयारीमा रहन निर्देशन दिएका छन ।

उक्त अमेरिकी हमलाको जवाफमा इरानले मंगलबार राति इराकस्थित दुई अमेरिकी सैनिक अखडामा दर्जनभन्दा बढी मिसाइल आक्रमण गरेको थियो। यसले दुई देशबीच द्वन्द्व चर्किनुका साथै युद्धको सम्भावना बढाएको थियो। पछिल्लो समय दुवै देशबाट आएको प्रतिक्रियाले यो खतरा टरेको देखिन्छ।

हमलालगत्तै इरानका विदेशमन्त्री मोहम्मद जावद जरिफले सैनिक कमान्डर सुलेमानीको हत्याको बदलामा इरानबाट ‘जवाफी कारबाही सकिएको’ बताएका थिए। यसैलाई राष्ट्रपति ट्रम्पले ‘विश्वकै लागि खुसीको कुरा’ भनेका हुन्। तत्काललाई इरान माथि आर्थिक नाकाबन्दी लगाउने समेत जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार