सुदुरपश्चिम प्रदेश कमिटिको भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्रि केपी शर्मा ओलि सुदुरपश्चिम जाँदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1115 पटक हेरिएको

काठमाण्डौँ, पौष २४ ।  

प्रधानमन्त्रि केपी शर्मा ओलीले आज धनगढीमा आयोजना हुने आफ्नो पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्न धनगढी जादै छन । नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदुरपश्चिम प्रदेश कमिटिको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उहाँ धनगढी जान लाग्नु भएको हो । प्रतिनिधि सभा बिघटन पछि पार्टी बिभाजनको मोडमा पुगेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माधब नेपाल समुह र प्रधानमन्त्रि केपी शर्मा ओली गरि दुई समुहमा बिभाजन भएको छ र अहिले दुबै समुहले देशब्यापी कार्यकर्ता भेला गरिरहेका छन ।

उक्त कार्यकर्ता भेलामा नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्रि केपी शर्मा ओलिले कार्यकर्ताहरुलाई नेकपाको संस्थापन पक्ष आफुहरु रहेको र आधिकारिक पार्टी र चुनाब चिन्ह पनि आफ्नै भएको कार्यकर्तालाई बताउने जनाइएको छ । सुदुरपश्चिम प्रदेश कार्यकर्ता भेलामा करिब ५० हजार कार्यकर्ता उतार्ने योजनामा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने साँसद तथा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्रि लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रि गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्रि गणेशसिंह ठगुन्ना चार दिन अघि नै धनगढीमा खटिनु भएको छ ।

सुदुरपश्चिम प्रदेशमा प्रधानमन्त्रि केपी शर्मा ओलिको भ्रमण हुने भएकोले सुरक्षा ब्यबस्था पनि कडा पारिने सुरक्षा निकायले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार