फुकुओकामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ, ओकिनावामा ‘भिजीट नेपाल २०२०’को प्रचारमा साईकल र्यालि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2964 पटक हेरिएको

जापान, पुस २२ ।

जापानको फुकुओकामा नेपाल भ्रमण बर्ष २०२० को आज बृहत औपचारिक कार्यक्रमका साथ उदघाटन गरेको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धनको लागि आज जापानको फुकुओका स्थित रहेका बिभिन्न संघसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रमका बिच औपचारिक उदघाटन गरीएको हो । एनआरएनए जापान क्यूशु क्षेत्रीय कार्यसमितिको आयोजना, नेपाल आदिबासि जनजाति महासंघ क्यूशु क्षेत्रीय कार्यसमिति, फुकुओका नेपाल सोसाईटी, हाम्रो नेपाल हामी नेपाली अभियान र लायन्स क्लबको सह-आयोजनामा फुकुओका स्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुको सहभागितामा भ्रमण बर्ष २०२० को ब्यापक प्रचारप्रसार गरीएको थियो ।

कार्यक्रमको उद्घाटन भने भ्रमणबर्ष २०२० प्रबर्धन समितिले संयुक्त रूपमा केक काटेर उदघाटन गरेका थिए । उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित विभिन्न जातीय भेषभूषमा सजीएर भिजीट नेपालको भब्य प्रचारप्रसार गरिएको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ क्यूशु क्षेत्रीय कार्यसमिति, हाम्रो नेपाल हामी नेपाली अभियान, फुकुओका नेपाल सोसाईटी, लाएन्स क्लब फुकुओका लगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । नेपाल भ्रमण वर्षको उद्घाटन लगत्तै नेपाल भ्रमण वर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड र पोस्टर जापनिज नागरिकहरूलाई वितरण गरी दुई घण्टा हाकता स्टेशनमा कार्यक्रम गरिएको हो ।

फुकुओकामा गैर आवासीय नेपाली संघ क्यूशु क्षेत्रीय कार्यसमितिको नेतृत्वमा गरीएको भ्रमण बर्ष २०२० को प्रचार प्रसार कार्यक्रम औपचारिक मात्र रहेको र अझ यसलाई ब्यापक बनाउनको लागि भ्रमण बर्ष २०२० लाई प्रमोशन गर्नको लागि बृहत नेपाल फेस्टिबल आयोजना गर्ने रणनीतिमा रहेको र त्यसको लागि सम्बन्धित निकायसंग छलफल चलीरहेको संयोजक देबराज उप्रेतीले जानकारी गराउनु भयो । गैर आवासीय नेपाली संघ जापानका केन्द्रीय सदस्य रामकृष्ण श्रेष्ठले पनि आगामीदिनमा जापानिजहरूमा केन्द्रमा राखी भाबी रणनीति तय गर्नुपर्ने बताऊनु भयो ।

भिजिट नेपाल २०२० सम्बन्धि फुकुओका स्थित नेपालीको भनाई

ओकिनावामा भ्रमण बर्ष २०२० को प्रचारप्रसारमा ब्यापक साईकल र्याली

यस्तै जापानको पर्यटकिय स्थल ओकिनावामा पनि नेपाल भ्रमण बर्ष २०२० को प्रचार प्रसार ब्यापक रूपमा गरिएको छ । अंग्रेज़ी नया बर्ष २०२० जनवरी १ तारिक ओकिनावामा रहेका ओकिनावा नेपाल फ़्रेण्डसिप एसोसीएशनको नेतृत्वमा बृहत साईकल र्यालि गरीएको संयोजक संजिब श्रेष्ठले भिजन अनलाईन न्युजलाई जानकारी गराऊनु भयो । नेपाल भ्रमण २०२० को लोगो अंकित टी-शर्ट लगाई ब्यापक नेपालीहरूको उपस्थितिमा ओकिनावाको बिभिन्न शहरको परिक्रमा गरी साईकल र्यालि गरीएको बताउनु भयो । नेपाल सरकारले गैर आवासीय नेपाली संघलाई भ्रमण बर्ष २०२० को प्रचार प्रसारको जिम्मा दिएपनि ओकिनावामा उहाँहरुको साईकल र्यालिमा कुनै भूमिका नरहेको समेत बताए ।

उक्त नेपाल भ्रमण बर्ष प्रचार प्रसारको लागि ओकिनावामा रहेका कांतिपुर करि हाउस, काष्ठमण्डप नेपाल स्पाइस किचेन , सिटी मार्ट , शिब हलाल रेष्टुरेण्ट ओकिनावा, आई॰टी॰ कलेज, गाईगो कलेज, गोरेस एकेडेमि, फोरेक्स रेमीट्यान्स, ओ॰एन॰एफ़॰ए॰ टी-शर्ट प्रिंट कम्पनी र ओकिनावाका सक्रिय नेपालीहरुको व्यक्तिगत सहयोगमा रकम संकलन गरी नेपाल भ्रमण बर्ष २०२० लोगो अंकित टि-शर्ट छपाई गरी उक्त भ्रमण बर्ष २०२० को प्रचार प्रसार सफल पारीएको समेत बताउनु भयो । अझ यसलाई भाबी दिनमा बाँकी सिटीहरूमा पनि साईकल र्यालि लगायत बिबिध कार्यक्रमहरू गर्ने योजनामा रहेको समेत जानकारी गराऊनु भयो ।

भिडियोमा ओकिनावा साईकल र्याली

भ्रमण बर्ष २०२० को प्रचारप्रसारका थप फोटाहरु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार