जापान, पौष २३ ।
पछिल्लो समय जापानको राजधानी सहित बिभिन्न क्षेत्रमा कोरोना संक्रमण तिब्र रुपमा बढ़न थालेपछी जापानका प्रधानमन्त्री सुगाले राजधानी टोकियो लगायत ३ प्रिफेक्चरमा दोश्रो पटक आपतकालको घोषणा गरेका छन् । पछिल्लो समय कै उच्च आज मात्र टोक्योमा २ हजार जनामा कोरोना संक्रमण पुष्टि भए पछी आपातकाल लगाऊँन सरकार तयार भएको हो ।
बिभिन्न्न निकायहरु संगको छलफल पछि सुगाले अर्को महिनाको ७ तारिख सम्मका लागि राजधानी टोकियो सहित साइतामा, चिबा र खानागावा प्रिफेक्चरमा आपतकालको घोषणा गरेका हुन् । प्रधानमन्त्री सुगाले बिहिबार अबेर घोषणा गरेको आपतकाल मध्यरातको १२ बजेबाट लागु हुनेछ ।
कोरोना संक्रमण तीब्र गतिमा फैलन थालेपछि टोकियो महानगर सहित ३ प्रिफेक्चरका प्रमुखहरुले आपतकालका लागि गत साता केन्द्र सरकारलाई आपातकाल लगाउन सिफारिस गरेका थिए ।
यस अघि तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले देशैभर आपतकालको घोषणा गरेका थिए । जापानको इतिहासमा आपतकाल घोषणा गर्ने आबे पहिलो र सुगा दोश्रो प्रधानमन्त्री बनेका छन् । अहिले सिमित क्षेत्रहरुमा मात्रै आपतकाल घोषणा गरिएको भएपनि प्रकृयागत हिसाबले यसअघिको र अहिलेको आपतकालमा कुनै फरक छैन । तर नागरिक स्तरमा के कस्तो प्रभाब पर्छ भन्ने बारे भने केहि एकिन भएको छैन।