अस्ट्रेलियामा पर्यटन मन्त्रि भट्टराईको उपस्थितिमा भ्रमण बर्ष २०२० को भव्य उद्घाटन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  941 पटक हेरिएको

अस्ट्रेलिया, पुस २२ ।

अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष २०२० को मंगलबार औपचारिक उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई सहितको उपस्थितिमा आयोजित नेपाल भ्रमण बर्ष २०२० को प्रचारप्रसारको लागि अस्ट्रेलियामा रहेको नेपाली राजदूताबासको प्रमुख आयोजना, एनआरएनए अस्ट्रेलिया र त्यहा रहेको बिभिन्न संघसंस्थाको सह-आयोजनामा आयोजित कार्यक्रममा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो । त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ-आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका थिए ।

नेपाल भ्रमणको लागि आह्वान गर्दै बिभिन्न भ्रमण बर्ष २०२० को लोगो अंकित पोस्टर पंप्लेटहरू वितरण गरी अस्ट्रेलियन नागरिकहरूलाई नेपाल भ्रमणको निम्ता समेत दिईएको थियो । आज आयोजित भ्रमण बर्ष २०२० को र्यालि कार्यक्रम गर्नको लागि स्थानीय सरकार र पुलिस प्रशासनसंग भने राम्रो सहकार्य नभएको देखियो । त्यसक्रममा नेपालीहरुले डढेलो पीडितका लागि सहयोग जुटाउने अवसरका रुपमा स्याल्भेसन आर्मीका चन्दा बाल्टिनहरु बोकेका थिए । केहि नेपाली स्वोयाम्सेवकहरुले जिवजन्तुहरुका लागि पनि सहयोग संकलन गरेका थिए ।

उक्त कार्यक्रममा नेपालका पर्यटनमन्त्री भट्टराईले अस्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गरे । नेपाल र नेपाली जनता अस्ट्रेलियाको दुःखमा साथमा रहेको समेत उनले बताए । उनले यहाँ भएका आफ़ना कूटनीतिक नियोग तथा नेपालीहरुलाई सहयोगमा जुट्न आग्रह गरे ।

न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डी ले अस्ट्रेलियाले व्यहोरिरहेको संकटमा नेपालीहरुको पनि साथ र सहयोग रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार