ट्रम्पको समर्थकहरूको बिरोध प्रदर्शनमा हिंसा, मृतकको संख्या चार पुग्यो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  775 पटक हेरिएको

काठमाडौं, पुस २३ ।   

अमेरिकाको राजधानी सहर वाशिङ्टन डीसीमा राष्ट्रपति निर्वाचनलाई लिएर भएको हिंसात्मक घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनको जित भएको औपचारिकताको लागि बुधबार कंग्रेसको बैठक चलिरहेको समयमा क्यापिटल हल बाहिर ट्रम्पका समर्थकहरुले प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीहरुले उक्त बैठकमा छिर्ने प्रयास गर्दा सुरक्षाकर्मीहरुले उनीहरुलाई रोक्ने प्रयास गरेका थिए । त्यसपछि प्रदर्शन हिंसात्मक बन्न पुगेको हो ।

वाशिङ्टनका मेयरले दिएको जानकारीअनुसार जबरजस्ती बैठकमा छिर्न खोज्ने एक महिलाको प्रहरीको गोली लागेर मृत्यु भएको छ । त्यस्तै उक्त हिंसात्मक प्रदर्शनको क्रममा मृत्यु हुने अन्य तीन जनामा दुई पुरुष र एक महिला छन् ।

उक्त घटनामा प्रहरी विभागका १४ जना मानिसहरु घाइते भएका छन् भने दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।

उक्त घटनाको कारण स्थगित भएको कंग्रेसको बैठक भने सुरु भइसकेको छ । पछिल्लो समय डोनाल्ड ट्राम्पको अहंकार र निर्वाचन सम्बन्धि संबैधानिक व्यवस्थालाई समेत चुनौती दिदै आएकोले निजको गतिबिधिलाई आफनै सांसदहरूले समेत बिरोध गर्दै आएक़ा छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार