चितवन, पुस २१ ।
जनस्तरबाट निर्माण भईरहेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य धमाधम भइरहेको छ । उक्त रंगशाला निर्माणको लागि देश विदेशबाट आर्थिक सहयोग आईरहेको छ भने प्रत्यक्ष निर्माणस्थलमा उपस्थित भएर श्रमदान गरी सहयोग गर्नेको संख्या पनि दिन प्रति दिन बढ़ीरहेको छ । जनस्थरको सहयोगबाट बन्न लागेको उक्त रङ्गशालालाई सरकारी स्तरबाट पनि सहायों हुने भएको छ । उक्त जनस्थरको सहयोगबाट बन्न लागेको उक्त रङ्गशालालाई भरतपूर महानगरपालिकाको तर्फबाट ६.५ करोड बजेट बिनियोजन गर्न लागेको कुरा मेयर रेणु दाहालले जनाएकी छिन् । रेणु दाहालका अनुसार धुर्मुस सुन्तली फ़ाउण्डेसनलाई सरकारदेखि भरतपूर नगरपालिकाले सक्दो सहयोग गरिरहेको छ ।
रङ्गशाला निर्माणका लागि जग्गा उपलब्ध गराउने देखि बजेट बिनियोजन समेत गर्ने तयारी रहेको कुरा मेयर रेणु दाहालले उल्लेख गरेकी छिन् । मेयर दाहालका अनुसार यो रङ्गशाला जनस्थरबाट नै निर्माण गर्नेगरि अगाडी बढिरहेको छ र यसका लागी सरकारले समेत नगरपालिका र फ़ाउण्डेसनलाई चाहिदो सहयोग गरिरहेको छ ।
एक टेलिभिजन बहस कार्यक्रममा सहभागी भएकी रेणु दाहाल भन्छिन् “राज्य अग्रसर नभए यत्ति ठुलो परियोजना सम्भव हुँदैन र अहिले सरकारले पूर्ण साथ सहयोग गरिरहेको छ । जग्गा देखि मनोबल प्रदान गर्न सरकार सधै अगाडी रहेको छ । रेणु दाहालका अनुसार प्रदेश सरकारले समेत ५ करोड सहयोग गर्ने निर्णय गरेको छ । भरतपूर नगरपालिका र प्रदेश सरकारले ११.५ करोड रङ्गशालालाई दिने निर्णय गरेको छ ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।