मिस कस्मोपोलाईटन वोल्ड २०१९ का बिजेता प्रिया रानीले खोलि न्यूरोडमा कस्मेटिक स्वरूम

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2811 पटक हेरिएको

काठमांडौ, पुस २० ।

मिस कस्मोपोलाईटन वोल्ड २०१९ का बिजेता मिस प्रिया रानी लामाले काठमांडौको न्यूरोड स्थित भूगोल पार्कको अगाडी कस्मेटिक स्वरूमको औपचारिक उद्घाटन गरी नयाँ ब्यबसायको शुरूवात गरेकी छिन । मिस कस्पोपोलाईटन वोल्ड २०१९ जितेर नेपालको नाम राख्न सफल प्रिया रानी लामा पछिल्लो समय सम्मान, बिबिध भेटघाट र अन्य कार्यक्रममा व्यस्त भएकोले पहिले देखिको योजना आज कार्यान्वयन गर्न सफल भएको सुनाईन । शनिबार एक बिशेष कार्यक्रम गरी कस्मेटिक स्वरूमको औपचारिक उदघाटन गरी शुरू गरेको र यो मिस नेपाल लगायतका युवा पिडिको लागि उत्प्रेरणाको स्रोत समेत रहेको बताउछिन । मिस कस्मोपोलाईटन वोल्ड २०१९ का बिजेता प्रिया रानी लामा अन्तराष्ट्रिय सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै उपाधि चुम्ने पहिलो सुन्दरी समेत हुन ।

मिस नेपाल २००० का बिजेता उषा खड़गी र निज स्वयमले संयुक्त रूपमा रिबन काटी उदघाटन गरीएको कस्मेटिक स्वरूमले नेपाली कस्मेटिक बजारलाई अझ ऊचाईमा पुर्याउने बताउनु भयो । महिलाहरूको सुन्दरतालाई ध्यानमा राखदै बिश्वका नम्बर १ ब्राण्डका सम्पूर्ण कास्मेटिकका सामानहरू होलसेल मूल्यमा उपलब्ध गराउने बताउदै सम्पूर्ण महिलाहरूलाई एक पटक कस्मेटिक स्वरूमको भ्रमण गर्न अनुरोध गरिन । बिश्वका ब्राण्डेड सामानहरू पनि नेपालमा पहिलो पटक लन्च गर्दै कस्मेटिक स्वरूमबाट नेपाली बजारमा भित्र्याएको समेत जिकीर गरिन । महिलाहरुको सौन्दर्यसंग सम्बन्धित सम्पूर्ण सामान एकै ठाऊमा पाईनुका साथै होलसेल मूल्यमा पाउने भएकोले पनि सम्पूर्ण बर्ग समुदायको पहुँचमा भएकोले महिला दिदीबहिनीहरूलाई एक पटक कस्मेटिक स्वरूमको भ्रमण गर्न अनुरोध गरिन ।

उक्त प्रिया रानीद्वारा संचालित कस्मेटिक स्वरूम उद्घाटन समारोहमा मिस एण्ड मिस्टर इंटरनेशनल नेपाल २०१९ का बिजेता, मिस भारत सिक्किम २०१९ का बिजेता सांगडोमा तामाँङ, प्रदेश १ का मिस तामाँङ प्रजिता तामाँङ, म्यान अफ दि यिअर २०१८ तथा मिस्टर काठमांडौका सुशान्तकाजी श्रेष्ठ, नेपालका टप मेकअप आर्टिस नीलम पौडेल र मिस्टर मोडल इंटरनेशनल २०१८ का मनोज गुरुङ लगायतको उपस्थिति रहेको भिजन अनलाईन न्युजलाई जानकारी गराईन ।

कस्मेटिक स्वरूम उद्घाटन गर्दै मिस नेपाल २००० का बिजेता उषा खड़गीले कस्मेटिक स्वरूमको उद्घाटन गर्ने अबसर दिएकोमा प्रिया रानी लामालाई धन्यबाद दिदै मिस नेपालका बिजेताहरू सिने कलाकारितामा लाग्ने र रंगीन क्षेत्रमा नै आफ्नो भविष्य खोज्ने परम्परालाई तोडदै व्यवसाय सुरू गरेकोमा प्रगतिको शुभकामना समेत दिई ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

भिजन अनलाईन न्युजसँग कुरा गर्दै प्रिया रानी लामाले भनि आफ्नै प्रिय रानी प्रोडक्शन कम्पनी समेत रहेको र आगामी दिनमा मिस नेपाल कस्मोपोलाईटन वल्ड २०२० आयोजना गर्ने र उक्त प्रतिस्पर्धाबाट बिजेता भएका प्रतिस्पर्धीलाई मिस कस्मोपोलाईटन वल्ड २०२० मा सहभागि गराउने समेत योजना रहेको जानकारी गराईन ।

कस्मेटिक स्वरुम उद्घाटन कार्यक्रमका थप फोटोहरु:

सम्बन्धित समाचार यो पनि पढ़नुहोस ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार