प्रधानमन्त्री देउवा आइतबार भारत जाने, दुई देश बिचको सम्बन्ध सुधार हुने प्रधानमन्त्रिको बिश्वास

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  246 पटक हेरिएको

काठमाडौं, पुस २१ ।  

प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतबार भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण अनुमोदन गरेको हो । मन्त्रिपरिषदबाट अनुमोदनसंगै भारत भ्रमणको तयारी तिव्र रहेको जनाएको छ ।

एक मन्त्रीका अनुसार प्रधानमन्त्री देउवासहितको २५ सदस्यीय टोली सोमबार गुजरातमा सुरु हुने भाइब्रेन्ट गुजरात समिटमा सहभागी हुन भारत जान लागेको हो । चार दिने भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता समेत गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीसहितको टोली नेपाल एयरलाइन्सको विमानमार्फत आइतबार दिल्ली हुँदै अहमदावाद जानेछ । प्रधानमन्त्रि देउबाको भारतीय पक्षले बिशेष रूपमा हेरीएको बुझीएको छ । प्रधानमन्त्रि देउबा पनि भारतीय समकक्षि भारतीय प्रधानमन्त्रि मोदिसंगको नेपाल र नेपालीको सम्बन्ध सुधार गर्न चाहान्छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार