

हंगकंग, पुस २० ।

हंगकंगमा नेपाल भ्रमण बर्ष २०२० को आज बृहत औपचारिक कार्यक्रमका साथ उदघाटन गरेको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धनको लागि आज हंगकंग स्थित रहेका बिभिन्न संघसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रमका बिच औपचारिक उदघाटन गरीएको हो । नेपाली महाबाणिज्यदूतावास हंगकंगको आयोजना, एनआरएनए हंगकंग र नेपाल वायु सेवा निगमको सह-आयोजनामा हंगकंग स्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुको सहभागितामा भ्रमण बर्ष २०२० को ब्यापक प्रचारप्रसार गरीएको एनआरएनए हंगकंगका अध्यक्ष टिका गुरुंगले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

कार्यक्रमको उद्घाटन भने प्रमुख अथिति तथा हङकङको एक्सन कमीसनर कमिसन अफ टूरिजम मिस चोईले गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित विभिन्न जातीय भेषभूषमा सजीएर भिजीट नेपालको भब्य प्रचारप्रसार गरिएको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ हङकङ, नेपाली महासंघ जन सम्पर्क हङकङ, प्रवासी नेपाली एकता मंन्च हङकङ, नेपाली समाज हङकङलगायतका संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । नेपाल भ्रमण वर्षको उद्घाटन लगत्तै ५ वटा खुल्ला बसमा नेपाल भ्रमण वर्ष प्रबद्र्धनका ठूलाठूला ब्यानर लगाएर प्लेकार्ड तथा विभिन्न झाँकीसहित डेढ घण्टा हङकङ साइट परिक्रण गरिएको हो ।

नेपाल भ्रमण वर्ष प्रबद्र्धन समिति सदस्य सचिव तथा गैर आवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) का अनुसार हङकङको निकै ब्यस्त शहर सेन्ट्लमा भएको कार्यक्रममा ५ सय जनाको हाराहारीमा नेपालीको उपस्थिति थियो ।
हङकङको सेन्ट्ल शहर पर्यटकीय क्षेत्रको रुपमा प्रख्यात छ । जहाँबाट डेढ घन्टाभन्दा बढी बसमा दायाँ बाँया ठूल्ठूलो ब्यानर, टिसर्ट, प्लेकार्ड, नेपाली झण्डा, टोपी र विभिन्न जातीय भेषभूष तथा झांकीसहित भिजीट नेपालको प्रचार प्रसार गरिएको सदस्य सचिव राधिका गुरुङले बताउनुभयो ।

निकै ब्यस्त शहर हङकङमा यो कार्यक्रमले लाखौ माझ भिजीट नेपाल २०२० सन्देश पुगेको छ । हङकङमा खुल्ला बसमा कहिल्यै पनि यसरी प्रचार गरिएको थिएन । ठूल्ठूला बसमा भिजीट नेपालको प्रचार गरिरहँदा पैदल यात्री, ब्यापारी तथा सर्वसाधारणले निकै उत्सृकतापूर्वक चासो दिर्दै प्रचार अभियानलाई सकारात्मक रुपमा लिएको र नेपाल भ्रमण गर्न इच्छुक रहेको प्रतिक्रिया दिएका थिए । नेपाली महावाणिज्य दूतावास आयोजक र एनआरएनए हङकङ सहआयोजक रहेको भिजीट नेपाल २०२० कार्यक्रममा हङकङ डलर १ लाख खर्च भएको छ ।
यस अघि नेपाल भ्रमण वर्षलाई भव्यताका साथ सम्पन्न गर्न ९ सदस्यीय नेपाल भ्रमण वर्ष २०२० प्रबद्र्धन समिति हङकङ गठन गरिएको थियो । नेपाली कन्सुलेट जनरल मुख्य आयोजक रहने गरि सहआयोजक तथा सदस्य सचिवका रुपमा गैरआवासीय नेपाली संघ हङकङ र नेपाल बायुसेवा निगमलाई राखिएको थियो ।

त्यस्तै, सदस्यमा नेपाल आदिवासी जनजाती महासंघ हङकङ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स हङकङ, प्रवासी नेपाली एकता मंच हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र नेपाली समाज हङकङलाई राखिएको थियो ।
भ्रमण बर्ष प्रबर्धन समितिको भाबी योजना
नेपाल भ्रमण वर्ष प्रबद्र्धन समिति सदस्य सचिव तथा गैर आवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङ (टिका) ज्युले भाबी दिनमा भ्रमण बर्ष२०२० लाई अझ प्रभावकारी बनाउदई लाने भिजन अनलाईन न्युजसंगको टेलिफोन संवादमा बताउनु भयो । भ्रमण बर्षलाई अझ ब्यापक र दिगो बनाउनको लागी हंगकंग स्थित सम्बन्धित निकायसंगको सहकार्यमा हंगकंग सिटी भित्र चल्ने बस, ट्याक्सी र मेट्रो रेलमा समेत भ्रमण बर्ष २०२० को प्रचार सामग्री राखी प्रचार प्रसार गर्ने रणनीतिमा रहेको र यसका लागी सम्बन्धित निकायसंग संवाद भईरहेको समेत जानकारी गराउनु भयो ।
फोटोमा भ्रमण बर्ष २०२० को उदघाटन तथा प्रचारप्रसार हंगकंग








