नेपाल आदिवासी जनजाति महासंघ जापानको आयोजनामा हुन लागेको “नेफिन जापान सांस्कृतिक साँझ २०२३” को तयारी तिब्र

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  368 पटक हेरिएको

जापान, पौष २० । 

नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जापानको आयोजना हुन लागेको नेफिन जापान साँस्कृतिक साँझ २०२३ को तयारी तीव्र बनेको छ । जनजाति महासंघको मुख्य आयोजना र महासंघसँग आवद्द एकल जातिय संघ संस्थाहरूको सह- आयोजनामा हुन गईरहेको “नेफिन प्रथम साँस्कृतिक साँझ २०२३” को तयारी तीव्र बनेको हो।

नेपालमा महावीर पुनद्धारा स्थापित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोगार्थ एवं जापानवासी नेपाली दाजुभाई, दिदी बहिनीहरुका साथै बिभिन्न संघ संस्थाहरु बिच अपासी सहयोग र सद्भावको भावनालाई अभिबृद्वि गराउने उद्देश्यले नेफिनले नेपालका ख्याति प्राप्त कलाकार राजेश पायल राई, भ्वाईस अफ नेपालकी टप ४ की सबीना लिम्बू र अर्की भ्वाइसकी गायिका समृद्धि परियारको साथमा जापानमा रहेका स्थानीय कलाकारहरुको वेजोड प्रस्तुतीमा “नेफिन प्रथम साँस्कृतिक साँझ २०२३” को आयोजना हुने भएको अध्यक्ष संजीव राईले जानकारी दिनुभयो।

जापानको टुरमा राजेशको यात्रा सन् २०२३ जनवरी ७ तारिख फुकुओका ८ तारिख जापानको नागोया शहरबाट हुने साँस्कृतिक साँझ चिबा, ओकिनावा, टोकियो जस्ता जापानको मुख्य ४ शहर र राजधानी टोकियोमा आयोजना गर्ने आयोजकले जनाएको छ । उक्त नेफिन जापान सांस्कृतिक साँझ २०२३ मा तमु धीँ जापान, नेपाल तामाङ समाज जापान, किराँत याक्थुङ चुम्लुङ जापान, नेपाल मगर संघ जापान, किरात राई यायोक्खा जापान, थकाली सेवा समिति जापान, शेर्पा संघ जापान, नेवाः खल जापान, थारू कल्याण कारिणी सभा जापान, नेपाल थामी समाज जापान, र नेफिन जापानका क्षेत्रिय समितीहरु सह-आयोजक रहनेछ ।

कार्यक्रम जनवरी ७ मा फुकुओका, ८ तारिख नागोया, जनवरी १४ तारिख चिबा, जनवरी १५ तारिख राजधानी टोकियो र जनवरी १८ तारिख टप्पु प्रिफेक्चर ओकिनावामा हुने कार्यतालिका रहेको आयोजक संस्था नेफिन जापानका महासचिव शिशिर निङलेकु लिम्बु थाक्साङले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार