नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगायो (नामावली सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  699 पटक हेरिएको

काठमाडौं, पुस १९ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । शनिबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १६ उम्मेदवार तय गरेको हो ।

यी हुन् कांग्रेस उम्मेदवार:

प्रदेश नम्बर १:

पाँचथरका निरबहादुर विश्वकर्मा (दलिततर्फ)

सुनसरीकी मीना पुलामी मगर (महिला)

झापाका राजेन्द्र घिमिरे (अन्य)

प्रदेश नम्बर २:

महोत्तरीकी नगिना यादव (महिला)

धनुषाका भोला पन्जियार (अल्पसंख्य/अपांगता)

प्रदेश नम्बर ३:

सिन्धुपाल्चोकका हरिशरण श्रेष्ठ (अन्य)

चितवनकी छलीकुमारी शर्मा उपाध्याय (महिला)

गण्डकी प्रदेश

स्याङ्जाका सूर्यप्रसाद रेग्मी (अन्य)

म्याग्दीकी विमला गौचन (महिला)

प्रदेश नम्बर ५

अर्घाखाँचीका बालकृष्ण पाण्डे (अन्य)

दाङकी गिरिजा न्यौपाने (महिला)

बाँकेकी मेराज हलवाई (अल्पसंख्यक/अपाङ्गता)

कर्णाली प्रदेश

सुर्खेतका डिल्लीराम पाठक (अन्य)

सुर्खेतकी सावित्री पौडेल (महिला)

सुदुरपश्चिम प्रदेश

बैतडीका प्रताप ठगुन्ना (अन्य)

कैलालीकी तुलसी देवकोटा (महिला)

पार्टी भित्रको बिबादका बाबजुत नेपाली कांग्रेसले राष्ट्रियसभा उम्मेद्वारको टुंगो लगाएको हो । पौडेल समूहले भने देउबा राष्ट्रियसभाको उम्मेद्वारी छनौट एकलौटी गरेको भन्दै बिरोध गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार