

काठमाण्डौँ, पुस १९ ।

नेकपा निकट बिद्यार्थी संगठन अनेरास्ववियूले केन्द्रिय समितिको नामावलीलाई अन्तिम रुप दिदै एकतालाई टुङ्गो लगाएको छ । बिगत लामो समय देखिको प्रयासलाई हिजो पूर्व माओबादी निकट बिद्यार्थी संगठन र पूर्व एमाले बिद्यार्थी संगठन बीचको छलफल पछि दुई बिद्यार्थी संगठन बीचको एकतालाई अन्तिम रुप दिएको हो । हिजो शुक्रबार बसेको अनेरास्ववियुको मिटिङ्गबाछ आफ्ना ३३५ जना केन्द्रिय सदस्यको नामावली टुङ्गो लगाएको हो ।
३३५ जना केन्द्रिय समितिमा पूर्व अखिलका तर्फबाट १८० र पूर्ब अखिल क्रान्तिकारीबाट१५५ जना बिद्यार्थी नेता छनोट गरिएको छ । लामो समयदेखिको छलफल र गृहकार्य पछि बिद्यार्थीहरुले केन्द्रिय समितिलाई अन्तिम रुप दिएको हो ।
अनेरास्ववियुको निर्णय तल साभार गरेका छौँ ।









