जापान पौष, १९ ।
जापानको फुकुओकामा जापानका लागि नेपाली राजदुत महामहिम राजदुत डा.दुर्गा बहादुर सुबेदी ज्युको प्रमुख आथित्यमा बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ । जापानको फुकुओका तथा क्युस्युमा अबस्थित बिभिन्न संघसंस्थाहरुको आयोजनामा जापानका लागि नेपाली राजदुत महामहिम डा.दुर्गा बहादुर सुबेदी ज्युको स्वागत तथा बृहत अन्तक्रिया कार्यक्रम आयोजना गरिएको छ । फुकुओकामा पहिलो पटक आउनु भएका महामहिम राजदुत सुबेदीको फुकुओकामा रहेका नेपालीहरुको अबस्था, समस्या र समस्या समाधानका उपायहरुको बिषयमा अन्तक्रिया कार्यक्रममा पनि सहभागि हुने भएका छन । महामहिम राजदुत सुबेदी जापानको कुमामोतो केनमा नेपाली मुक्तिकारहरुको कलाद्धारा ठुलो चट्टानमा निर्माण गरिएको बुद्धको म्क्ति लगायतका बिभिन्न कलात्मक मुक्तिहरुको अबलोकन तथा निरिक्षणको सिलसिलामा फुकुओका आउने तय गरिएको हो ।
सोहि क्रममा फुकुओकामा रहेका जापानिज सरकारी कार्यालयका बिशिष्ट ब्यक्तित्वहरुसँग पनि भेट्ने कार्यक्रम तय भएको एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । त्यस्तै फुकुओकामा रहेको नेपाल आदिबासी जनजाति महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिको आयोजना र क्युस्यु क्षेत्रमा रहेका बिभिन्न संघसंस्थाहरुको सह–आयोजनामा आयोजना हुन गईरहेको नेफिन नयाँ बर्ष सांस्कृतिक कार्यक्रम २०२३ को प्रमुख अतिथिको रुपमा पनि कार्यक्रममा सरिक हुने कार्यक्रम पनि तय भएको जानकारी गराउनु भयो ।
बिभिन्न कार्यक्रमका लागि फुकुओका आउन लाग्नु भएका महामहिम राजदुत डा.दुर्गा बहादुर सुबेदी ज्युसँग फुकुओकामा रहेको बिभिन्न क्षेत्रिय कार्यसमितिहरुको आयोजनामा अन्तक्रिया कार्यक्रम पनि आयोजना गरिएको छ । यहि २०२३ जनवरी ६ तारिक महाबाणिज्य दुताबासको सहयोगमा बेलुकि ६ः३० बजेबाट ८ः३० सम्म नेपालीहरुको समस्या र त्यसको समाधानको बिषयमा राजदुत र नेपालीहरु बिच अन्तक्रिया समेत रहेको जानकारी गराउनु भयो । उक्त अन्तक्रिया कार्यक्रम फुकुओकाको असुमिन हलमा तय भएको समेत जानकारी दिनु भयो ।