काठमाण्डौ, पुस १८ ।
सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएसँगै उखु किसानको सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित भएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको उपस्थितिमा भएको वार्तामा माघ ७ गतेभित्र किसानको बक्यौता रकम उपलब्ध गराउन सरकारले चिनी मिल सञ्चालकसँग समन्वय गर्ने सहमति भएको छ ।
यस्तै उखुको भुक्तानीको समस्या हल गर्न स्वचालित मूल्यबारे अध्ययन गर्ने, सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन मन्त्रालयले अर्थ र कृषि मन्त्रालयलाई लेखेर पठाउने सहमति पनि भएको छ ।
सरकारसँग सहमति भएसँगै काठमाण्डौमा आन्दोलनरत उखु किसानहरुले आन्दोलन स्थगित गर्दै घर फर्कने भएका छन् । काठमाण्डौँको सडकमा तराईका किसानहरु आफ्नो परिश्रमको रकम उपलब्ध गराईदिन बिलाप गरिरहेको फोटाहरु सामाजिक संजालमा भाईरल भए पछि सरकारलाई पनि तीब्र दबाब आएको थियो । पुषको जाडोमा सडकमा उखु किसानहरु बिलाप गरिरहेको देख्दा लाग्थ्यो सरकारलाई जनताको कुनै चासो र किसानको मुल्य नै छैन । सामाजिक संजालमा पनि सरकारको तीब्र आलोचना सँगै सरकार र किसान बीच ५ बुँदे सहमति गरेका हुन ।
सम्बन्धित समाचार यो पनि पढ्नुहोस ।