कश्मीरमा ज्यान गुमाएका गोरखाका अर्जुनको उच्च सम्मानका साथ अन्त्येष्टि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  777 पटक हेरिएको

कस्मिर, भारत पुस १८ ।

भारतको जम्मू–कश्मीरमा आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका नेपालका अर्जुन थापा मगरको शुक्रबार उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

भारतको पश्चिम बङ्गाल राज्यको बागडोगरा सैनिक क्याम्पमा अर्जुनको पारिवारको उपस्थितिमा उच्च सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनीसँगै आक्रमणमा ज्यान गुमाएका भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको पनि अन्त्येष्टि गरिएको हो ।

मृतकको शवमा सैनिक कमाण्डर, विशिष्ट अधिकारी लगायतले माल्यार्पण गर्दै हार्दिक श्रद्धाञ्जली प्रदान गरेका थिए । गएको बुधबार जम्मू–कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भारतीय सेना र आतंकवादीको सङ्घर्षमा नेपालका अर्जुन र भारतका सन्दीपको ज्यान गएको थियो ।

अर्जुन थापा मगर नेपालको गोरखा जिल्ला स्थित विकट गाउँ रिपका २५ वर्षे जवान हुन । नीजको श्रीमती सरिता थापा मगर हुन ।

यो पनि पढ्नुस्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार