दाङकी एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  77 पटक हेरिएको

काठमाडौं, पुष १९ । 

दाङकी एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा शनिबार राति १: ३८ बजे मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी उनलाई रोगको प्रकृतिअनुसार सबै प्रकारको उपचार गरिए पनि मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार