पोखरालाई केन्द्रबिन्दु बनाएर भूकम्पको झड्का

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  764 पटक हेरिएको

काठमाडौं, पुस १७ ।

गण्डकी प्रदेशमा बिहीबार भरखरै भूकम्पको झड्का महशुस गरिएको छ। गण्डकी प्रदेश स्थित कास्की पोखरालाई केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ। ९ बजेर ५९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यो सामान्य भूकम्पको झड्का हो।


यो स्केलको भूकम्पले कुनै क्षति गर्न नसक्ने मापन केन्द्रले बताएको छ।

समाजिक सञ्जालमा कास्कीमा रहेका स्थानीयहरुले भूकम्पको झड्का अनुभव गरिएको बताएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार