ताइवानमा आर्मी हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित ८ को मृत्यु

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  699 पटक हेरिएको

ताइवान, पुस १७ ।

ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण गराउने क्रममा दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ। ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा दुर्घटना भएको थियो।

प्रधान सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न र त्यहाँको स्थलगत अवलोकन गर्न हेलिकप्टरमा जाँदै थिए। हेलिकप्टरमा सवार पाचँलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङ र अन्य सात जनाको भने मृत्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

मृतकमध्ये दुई मेजर जनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजर रहेका छन्।

हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्‍यो भन्ने कारण खुल्न सकेको छैन। जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा मतदानको एक साता अघि यो दुर्घटना भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार