एसपी मल्ललाई १२ घण्टाभित्र चितवन जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरीको निर्देशन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  724 पटक हेरिएको

चितवन, पुस १७। 

एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र चितवन जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरीले निर्देशन दिएको छ । सरुवा भएको १३ दिनसम्म पनि जिल्ला कार्यालय नछाडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालयले यस्तो निर्देशन दिएको हो ।

प्रदेश प्रहरीले लेखेको पत्रमा भनिएको छ, ‘‘दानबहादुर मल्ल हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन नआएकाले तहाँ कार्यरत प्रहरी नायब उपरीक्षकलाई सम्पूर्ण चार्ज बुझाई १२ घण्टाभित्र ठेकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ ।’

प्रहरी प्रधान कार्यालयले पुस ४ गते एसपीको सरुवा गरेको थियो । जसमध्ये दानबहादुर मल्ललाई चितवनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गंगा पन्तलाई चितवन सरुवा गरिएको थियो । राजनीतिक आडमा प्रहरीको चेन अफ कमांड नै नमान्ने प्रवृत्तिले गर्दा सुरक्षा क्षेत्रमै चुनौति थपीएको बिज्ञहरू बताउछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार