अफगानिस्तानमा तालिवान लडाकुसँगको भिडन्तमा सात सुरक्षाकर्मीसहित १८ मारिए

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  704 पटक हेरिएको

अफगानिस्तान, काबुल, पुस १७ ।

अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी १८ जनाको मृत्यु भएको छ ।  तखार प्रान्तमा तालिवान लडाकूले क्वारा तेपास्थीत सुरक्षा चौकीमा आक्रमण पछि सुरक्षाकर्मि र लडाकुबीच दोहोरो भिडन्त हुँदा १८ जनाको मृत्यु भएको हो ।

मृत्यु भएका मध्ये सात जना सुरक्षाकर्मी रहेका छन् । देशको उत्तरी तखार प्रान्तमा पर्ने डाराक्वाद जिल्लामा बुधबार घटना भएको हो ।   

प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल खालिल असिरले दिएको जानकारीअनुसार तालिवान लडाकूले क्वारा तेपास्थीत सुरक्षा चौकीमा आक्रमण गरेका थिए ।  विहानैबाट लडाकूले आक्रमण गर्दा झण्डै दुई घण्टासम्मको सो भिडन्तमा १८ जनाको मृत्यु भएको उनले बताए ।

मृत्यु हुनेमा प्रहरी र सैनिक गरी सात र लडाकू ११ जना रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् । भिडन्तमा परी अरु सात जना घाइते भएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी नलिएको पाकिस्तान संचार माध्यमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार