भ्रमण बर्ष २०२० को उद्घाटन राष्ट्रपतिबाट गरीयो, फोटोमा हेर्नुहोस् भ्रमण वर्ष उद्घाटन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  832 पटक हेरिएको

काठमाडौं, पुस १६ ।

नेपल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ। काठमाडौंको दशरथ रंगशालासँगै देशका सात प्रदेश सरकारले विभिन्न कार्यक्रम गरि भ्रमण वर्ष २०२०को औपचारिक शुभारम्भ गरिएको हो।सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ। रंगशालामा भएको भ्रमण वर्षको कार्यक्रमलाई दिप ज्योति प्रज्वलन र भ्रमणवर्षको प्रतिक यति अनावरण गरी राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारीक शुभारम्भ गरेकी हुन्।

भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रूपमा लिनुपर्ने बताइन्। उनले संसारकै उत्कृष्ट गन्तव्य सगरमाथागौतमबुद्धको जन्मस्थल लुम्बिनीचितवनअन्नपूर्ण लागयतका उत्कृष्ट पर्यटकिय गन्तव्य रहेकोले नेपालको भ्रमण गर्न आग्रह गरिन्।

त्यस्तै, शुभारम्भ कार्यक्रममा संस्कृतिपर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल शुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए। उनले नेपाल संसारकै एक अद्वितीय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे।

सांस्कृतिक सुन्दरताधार्मिक केन्द्रको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने मन्त्री भट्टराईले बताए। विश्वका सबैभन्दा बढी उचाई भएका हिमाल नेपालमा रहेको गौतमबुद्धको जन्मस्थलविभिन्न धार्मिक मठमन्दीरहरुविश्व सम्पदा सूचिमा सुचिकृत सम्पदाहरु हेर्न पनि नेपाल आउनुपर्ने बताए। भूकम्पबाट क्षति भएको सम्पदाहरू पनि धमाधम पुनर्निर्माण सम्पन्न भईरहेकोले त्यसले पनि भ्रमण बर्षलाई प्रत्यक्ष सहयोग पूर्याउने पनि बताए ।

फोटोमा भ्रमण बर्ष २०२० उदघाटन समारोह

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार