ओली-मोदीबीच टेलिफोन वार्ता, मोदीलाई नेपाल भ्रमणको निम्तो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1122 पटक हेरिएको

काठमाण्डौँ, पुस १६ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ ।

बुधवार बिहान साढे १० बजे प्रधानमन्त्रीद्वयबीच टेलिफोनमा नयाँ वर्षको शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । दुई देश बीच प्रधानमन्त्रिस्तमा राजनीतिक तथा कुटनीतिक रुपमा बार्ता तथा टेलिफोन संबाद नभएको पनि लामो समय भईसकेको थियो । भारतले लिपुलेक, लिम्पुराधुरा समेत आफ्नो भनी नयाँ नक्सा सार्बजनिक गरेपछि झन चिसिएको दुई देशको सम्बन्धलाई समेत सहजीकरण र सुढृण गर्ने उद्देश्यले दुई देशका प्रधानमन्त्रि बीच टेलिफोन बार्ता भएको मान्न सकिन्छ ।

‘प्रधानमन्त्रीज्यूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनुभयो,’ थापाले भने, ‘आफ्नो स्वास्थ्यस्थितिप्रति मोदीले राख्नुभएको चासो र शुभेच्छाका लागि प्रधानमन्त्री ओलीले धन्यवादसमेत दिनुभयो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार