आजदेखि अंग्रेजी नयाँ वर्ष २०२२ शुरु, बिश्वभर बिभिन्न कार्यक्रम गरी मनाईदैँ

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  747 पटक हेरिएको

काठमाडौं, पुस १७ । 

ग्रेगोरियन पात्रोअनुसार आजदेखि अग्रेजी नयाँ वर्ष इस्वी सन् २०२२ सुरु हुँदैछ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुआत भएको भन्ने भनाइ रहेको छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिएको हो।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रुसले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् । विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार भएको हो ।

यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा अघिल्लो साँझ ‘न्यू इयर इभ’ का नाममा यो संवत् मनादै आईरहेको छ । क्रिस्चियन, युरोपियन राष्ट्र लगायत बिदेशमा भने अंग्रेजी नयाँ बर्षलाई बिषेश रुपमा मनाउने प्रचलन रहदै आएको छ । नयाँ बर्ष २०२२ को अबसरमा जापान लगायतका देशहरुमा आजको दिनमा सार्वजनिक बिदा समेत दिईएको छ । नयाँ बर्षमा जापानिज नागरिकहरु बिभिन्न ठाँउमा यात्रा गर्ने भएकोले जापानका कम्पनीहरु भने एक हप्ता लामो बिदाको प्रचलन रहदै आईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार